निर्वाचन प्रणाली महङ्गो : राजनीति भ्रष्ट

काठमाडौँ- नेपालको वैदेशिक नीतिका विषयमा सबै राजनीतिक दलले साझा दृष्टिकोण राख्नुपर्ने आवश्यकता रहेको बताइएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘सुशासन, भ्रष्टाचार नियन्त्रण र वैदेशिक नीति’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताले मुलुकको सामाजिक विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण प्रभाव पार्ने हुँदा वैदेशिक नीतिका विषयमा साझा दृष्टिकोण राख्न राजनीतिक दललाई आग्रह गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले सुशासन, भ्रष्टाचार नियन्त्रण र वैदेशिक नीतिमा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रमा राजनीतिक दलले शासन गर्ने हुँदा यी विषयलाई राम्रोसँग व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेसका नेता डा प्रकाशशरण महतले देशमा वैदेशिक लगानी भित्राउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल हुने हुँदा देशको हितलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।
पूर्व मुख्यसचिव सोमलाल सुवेदीले सुशासन, भ्रष्टाचार नियन्त्रण र वैदेशिक नीतिमा कर्मचारी संयन्त्रको ठूलो भूमिका हुने भए पनि राजनीतिक क्षेत्रबाट प्रशासनलाई आउने दबाबले कार्य सम्पादनमा समस्या हुने गरेको अनुभव सुनाए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले मुलुकको संरचनागत परिवर्तनले स्थानीय तहलाई जनताप्रति जिम्मेवार बनाएको भएपनि त्यहाँ भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तह, प्रदेश र केन्द्रबीच समन्वय हुनुपर्ने खाँचो औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?