चांगन अटोले ल्यायाे दशैं डिलाईट अफर

लोकपथ
65
Shares

काठमाडौं । चांगन अटो नेपालले बडा दशैं र तिहारको उपलक्ष्यमा ग्राहकहरु माझ दशैं डिलाईट अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकहरुले चांगनको हन्टर र एल्सभीन १५ र ८ लाख डाउन पेमेन्टमा प्राप्त गर्नेछन् भने यसका अलवा विविध फाइदा लिन सक्नेछन् । चाडबाडको हर्षोउल्लासलाई मध्य नजर गर्दै ग्राहकहरुमाझ विविध अफरहरु ल्याइएको कम्पनीले जनाएको छ ।

अन्य अफरहरु अन्तर्गत ग्राहकले आकर्षक छुट, एक लाख सम्मको एक्सचेन्ज बोनस, एक वर्ष निशुल्क बीमा र एक वर्ष निशुल्क रोड ट्याक्स प्राप्त गर्न सक्ने छन् । अफर सिमित अवधिका लागि लागु हुने र सर्त तथा नियमहरु पनि लागु हुनेछ कम्पनी जनाएको छ । ग्राहकहरुले चांगनको नक्शाल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नेछन् ।

यसका साथै, चांगन नेपालको वेभसाईट मार्फत बिस्तृत जानकारी लिनका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?