राष्ट्रिय सभाका चारवटै विषयगत समितिका सभापतिले लिए सपथ

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् ।

राष्ट्रिय सभाका सभापतिले बिहिवार कृषि समितिको हलमा शपथ लिएका हुन् । निर्विरोध निर्वाचित विषयगत समितिका सभापतिहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका थिए ।

सपथ लिनेमा दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापति डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?