क्रिकेटर लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

लोकपथ
299
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरूद्ध पक्राउ पूर्जी जारी भएकाे छ । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हाे।

लामिछोनेविरुद्ध बलात्कारको जाहेरी परेकाे थियाे । घटनाबारे अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमाति मागेको थियो ।

अदालतले पक्राउ अनुमति दिएको प्रहरीकाे उच्च स्रोतले जनाएकाे छ ।  सन्दिप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन् । उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?