नरैनापुरका कृषकलाई राहत प्याकेजको व्यवस्था गर्न मन्त्री गहतराजको माग

लोकपथ
35
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

बाँके क्षेत्र नम्बर १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री गहतराजले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् ।

लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री गहतराजले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको ब्यवस्था गरिदिन उर्जा मन्त्री भुसालसँग माग गरे ।

सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं उनले तत्कालका लागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिचाइको व्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताएका थिए ।

जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिएकी छन् । यसैबीच मन्त्री अथकले बुधवार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरु लागि तत्काल राहत प्याकेज ल्याउन आग्रह गरेका छन् ।

अर्थ मन्त्री र आफूले समेत त्यस क्षेत्रको स्थलगत निरीक्षण गरिसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?