१८ चैत्र २०७९, शनिवार

किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह

२०७४,आश्विन,३१,मंगलवार ०७:५३

0
Shares

किर्कुक, ३१ असोज ।इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ । इराकी सेनाले विगतका केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार सो सहर फिर्ता लिएको हो ।यसरी फिर्ता लिइएको सहरमा यहाँका गभर्नरको कार्यालय, यसअघि त्यहाँ राखिएका सैनिकका क्याम्पहरु र केही तेलक्षेत्र पनि रहेको छ ।इराकी सेनाले सो सहर फिर्ता लिएको घटनालाई आफ्नो उपलब्धिका रुपमा लिएको छ । सोमबार इराकी सेनाले सो सहर फिर्ता लिनु एक उपलब्धि भएको जनाएको थियो ।इराकी सेनाको नेतृत्वमा रहेको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएको यस घटनालाई इराकी सरकारले पनि उपलब्धि भनेको छ ।इराकको सरकारी फौजले सैन्य कारबाही शुरु गरेको २४ घण्टामा नै किर्कुकको विवादास्पद उक्त सहरलाई कुर्दिस लडाकूहरुको नियन्त्रणबाट फिर्ता लिएको हो । तर सेनाले बिगतमा पनि पटक पटक सो सहर फिर्ता लिन निकै प्रयास गरेको थियो ।यो सहर नियन्त्रणमा आएपछि सेनाका लडाकू तथा अन्य अत्याधुनिक गाडीहरु सहरको केन्द्रमा प्रवेश गरेका छन् । सोमबार फिर्ता भए लगत्तै यहाँको स्थानीय सरकारको मुख्यालयमा इराकको झण्डा फहराइएको बताइएको छ ।सेनाले कारबाही थाल्नुअघि नै सर्वसाधारणहरुलाई बाहिर ननिस्कन वा कतै अन्यत्र जान सूचना जारी गरेको थियो । हजारौँ सर्वसाधारण त्यहाँबाट अन्यत्रै गइसकेका पनि सेनाले जनाएको थियो ।यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार अमेरिकी विदेश मन्त्रालयले किर्कुक सहरमा शान्तिपूर्ण अवस्थाको सिर्जना गर्न आग्रह गरेको छ । यहाँका सबै नागरिकलाई र इराकी सेनालाई पनि विशेष रुपमा शान्त रहन आह्वान गरेको छ ।अमेरिकी विदेश मन्त्रालयले सोमबारै एक विज्ञप्ति प्रकाशन गरी थप झडपहरु नगर्न र सबै पक्षलाई संयमित र शान्त रुपमा रहन आह्वान गरेको थियो ।उक्त सहरमा विगतका केही समयदेखि इस्लामिक स्टेट समूहको प्रभाव बढ्दै जान थालेको भन्दै उक्त समूहलाई त्यहाँबाट निस्तेज पार्न अझै धेरै गर्नुपर्ने भन्दै इराकी र कुर्द फौजको तनाबले त्यो कार्यलाई कम महत्वमा पार्नसक्नेतर्फ ध्यानाकर्षण गराएको हो । 

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०७:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

युरो क्षेत्रमा मुद्रास्फीति मार्चमा अपेक्षा गरिएभन्दा निकै कम भएको छ । ऊर्जाको लागत घटे पनि खाद्यान्नको मूल्यमा वृद्धि भएको सरकारी

इन्दोर । रामनवमी पर्व मनाउन भारतको मध्यप्रदेशस्थित पटेलनगराम रहेको शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओस्कार विजेता फिल्म ‘द एलिफन्ट व्हिस्पर्स’का निर्माता र निर्देशक गुनीत मोंगा र कार्तिकेय

काठमाडौं । इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् । दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८