सन्दीपले क्यानसँग भने–‘कानुनी उपचारका लागि सहयोग गर्नुहोस्’

लोकपथ
117
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँग सहयोग माग गरेका छन् ।

किशोरीमाथि जबरजस्ती करणी आरोपमा कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । जाहेरी दर्ता भएपछि उनले कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका हुन् ।

सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन आग्रह गरेका छन् । क्यारेबियन प्रिमियर लिग खेल्नख सन्दीप अहिले वेस्ट इन्डिजमा छन् । पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी ६ भदौमा नैरोबी उडेका थिए ।

टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका हुन् । उनीविरुद्ध १७ वर्षीय किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । काठमाडौको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

मंगलबार साँझ परेको जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?