ट्राफिक नियम उल्लंघन गर्ने ३४ सय ९६ जना चालकमाथि कारबाही

लोकपथ
77
Shares

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ४९६ जना चालकहरूलाई हिजो काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका छन् ।

अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लंघन गर्ने १११ जना, रातो बत्तीको उल्लंघन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?