लमजुङका १८ हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

लोकपथ
117
Shares

लमजुङ । देशभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेसँगै लमजुङमा पनि राष्ट्रिय परिचयपत्र बनाउनेको संंख्या बढेको छ । जिल्ला प्रसाशन कार्यलय लमजुङमा हाल सम्म १८ हजार दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।

जिल्लाका आठ वटै स्थानिय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशाशनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।

उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सख्या १८ हजार दूई सय ४१ जना रहेको छ । जसमा महिला सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको प्रजिअ वैद्यले बताए ।

वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका बैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रसाशनमा परिचयपत्र बनाउन आउने मानिसको संंख्या वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?