वीरगञ्जमा मधेस विश्वविद्यालयको औपचारिकरुपमा उद्घाटन गरिएको छ । बुधबार वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रमबीच पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यतामा विश्वविद्यालयको उद्घाटन समारोहको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेपाल सरकार वन तथा वातावरणमन्त्री प्रदीप यादवलगायतले मन्तव्य राखेका थिए ।
मधेस विश्वविद्यालयको कार्यालय हालका लागि वीरगञ्ज महानगरपालिका–१२ श्रीपुरस्थित नेशनल ट्रेडिङ भवन परिसरमा सञ्चालन गर्ने तयारी गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया