सकियाे गठबन्धन कार्यदलको बैठक : शीर्ष नेताहरूलाई भोलि नै प्रतिवेदन बुझाइने

लोकपथ
252
Shares
???????? ???? ???? ????????? ????? ?????????? ???????? ???? ??? ????? ????????? ?????????? ?????? ????????????? ????? ??????????? ????? ???? ? ?????? ? ???? ???????, ????

काठमाडाैं । बालुवाटारमा भएकाे सत्ता गठबन्धनआवद्ध कार्यदलको निर्णायक भनिएको बैठक सकिएकाे छ । गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने गरी ११ सदस्यीय कार्यदलको बैठक आज साँझ बालुवाटारमा बसेकाे थियाे ।

 बैठकपछि पत्रकारसँग बोल्दै ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँट करिब–करिब टुंगिएको जानकारी दिएका छन् ।

कार्कीका अनुसार भोलि (बिहीवार) बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने र त्यसपछि शीर्ष नेतालाई बुझाउने तयारी छ ।

मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?