माछापुच्छ्रे बैंकका ग्राहकलाई फुडमाण्डुमा २० प्रतिशतसम्म छुट

लोकपथ
78
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रालिको आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ ।

सम्झौतामा फुडमाण्डुका तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले बैंकका चिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।

माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा रेष्टुरेन्टमार्फत खाना अर्डर गरी अनलाईनमार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २० प्रतिशत (बढिमा ३ सय रुपैयाँ) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले आउँदै गरेको दशैं तिहार, एवम् छठ पर्वको अवसरलाई मध्यनजर गरि तीन महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?