प्रभु क्यापिटलले डिम्याट ग्राहकलाई विशेष छुट दिने

लोकपथ
39
Shares

काठमाडौैं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष छुट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोण्ड फिट प्राईभेट लिमिटेड (गोल्ड जिम) सँग सम्झौता गरेको हो ।

भदौ १९ गते आईतवार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट सम्झौताको मितिदेखि तीन महिनासम्म लिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?