एलिकाको दशैं तिहार अफर सार्वजनिक

लोकपथ
130
Shares

काठमाडौं ।  एलिकाको दशैं तिहार २०७९ अफर सार्वजनिक ईओएल प्रालि नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहक योजना ल्याएको छ । एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो ।

नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहार मनाऔं, खुशीमा रमाऔं” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केट्टल उपहार स्वरूप प्रदान गरिएको छ ।

यो ग्राहक योजना भाद्र १३, २०७९ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । एलिकाले आफ्ना मूल्यवान ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो ।

एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । आज कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् ।

३ हजार ८ सय कर्मचारीहरूले हरेक वर्ष २० अशमदव ७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन् । एलिकाकोको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?