बाराका ४ वटै निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवारको नाम सिफारिस

लोकपथ
260
Shares

बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्लाका ४ वटै निर्वाचन क्षेत्रको केन्द्रले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

केन्द्रले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको निर्वाचनमा गोपाल ठाकुर र श्याम किशोर यादबको नाम सिफारिस गरेको छ भने समानुपातिकमा युवराज लामा, मोहन खड्का, जीरीमाया बल, धनमाया वल, हेम कण सिवाकोटी, जगं बहादुर शाह, मासुम खातुन, वासु चौधरी, उर्मीला देवी र सकीना खातुनको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर २ बाट शिवचन्द्र प्रसाद कुशवाहाको एकल नाम सिफारिस गरेको छ भने समानुपातिकमा देवी प्रसाद पराचुली र मगनी मुखीयाको नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नम्बर ३ बाट गीता कडेल र सोनालाल साहको नाम सिफारिस गरेको छ भने समानुपातिकमा सुनिल कुशवाहा, कुशुम ठकुरी, जयराम यादव, हरीनारायण सिंह, सजीता पटेल र मेवाजी मीयाको नाम सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नम्बर ४ क्षेत्र बहादुर श्रेष्ठ, जयराम दहाल र रामराज चौधरीको नाम सिफारिस गरेको छ भने समानुपातिकमा लिला खनाल, क्यामूदिन मंसुर, राजदेब शाह र धर्म श्रेष्ठको नाम सिफारिस गरेको छ ।

पत्रकारको नाम प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवार सिफारिस

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पत्रकार महेश्वर अधिकारीलाई नेकपा माओवादी केन्द्र बाराले प्रदेश सभा निर्वाचनको उम्मेदवारमा सिफारिस गरेको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्यसमेत रहेका अधिकारी बारा क्षेत्र नम्बर १ प्रदेश क मा प्रत्यक्षतर्फ सिफारिस भएको हुन् ।

यस्तै नेपाल पत्रकार महासंघ बाराका सह सचिब रन्जन यादबलाई क्षेत्र नम्बर ४ क, कार्यसमिति सदस्य प्रदिप गौतमलाई क्षेत्र नम्बर ३ क बाट प्रदेश सभामा समानुपातिकतर्फ सिफारिस गरेका छ भने नेपाल पत्रकार महासंघ बाराका सदस्य गंभीरा सहनीलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?