महानगरको अल्टिमेटमपछि होटल मेरियटले बुझायो कर

लोकपथ
1.1k
Shares

काठमाडौं । मेरियट होटलले क्यासिनोको मनोरञ्जन कर काठमाडौं महानगरलाई बुझाएको छ । काठमाडौं महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीका अनुसार होटलले १९ लाख ३७ हजार रुपैयाँ बराबरको कर महानगरलाई बुझाएको हो ।

काठमाडौं महानगरपालिकाले यसअघि सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको थियो । महानगरले गत भदौ १९ गते एक सूचना जारी गर्दै आफ्नो क्षेत्रमा पर्ने सातवटा क्यासिनोहरूलाई मनोरञ्जन कर नतिरेका कारण जरिवानासहित कर तिर्न भनेको थियो ।

महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् ।

बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोही अनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनेहरूले २०७५/७६ देखि कर तिरेका छैनन् ।

महानगरले होटल मेरियट, अन्नपूर्ण, र्‍याडिसन, हायात, सोल्टी, एलफ्ट र मल्ल होटललाई चिट्ठी पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?