आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्न सांसद लक्ष्मणलाल कर्णकाे माग

लोकपथ
91
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएका हुन् ।

उनले हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरुको तलब सरकारले तोकेको मापदण्ड भन्दा पनि अतिन्यून भएको उल्लेख गर्दै उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

नेपाल अतिरिक्त हुलाक सेवामा अहिले पनि कर्मचारीहरुले ७ देखि ८ हजार मासिक तलब लिएर काम गरिरहेको स्पष्ट पार्दै नेता कर्णले त्यसको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराए । नेता कर्णले सरकार आफैंले श्रम शोषण गर्ने काम गर्न नहुने पनि पटकपटक दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?