राष्ट्र बैंकद्वारा सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

राष्ट्र बैंकका अनुसार दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाको २०७८ साल असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएको बिशेष निरीक्षणबाट उक्त संस्थामा गम्भीर कैफियत भेटिएकाे जनाइएकाे हाे । उक्त आधारमा संस्थालाई भदौ २२ गते अर्थात आजको मितिबाट समस्याग्रस्त घोषणा गरिएको हो ।

उक्त संस्थाको सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्षरुपमा सम्मिलित भई संस्थाको हितविपरित व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यममा संलग्न भएको देखिएको र प्राथमिक पुँजी कोष १० दशमलव ३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थालाई २०७८ चैत्र २ गते बैंक तथा वित्तीय संस्थाको सिघ्र सुधारात्मक कारवाही सम्वन्धी विनियमावली, २०७५ को विनिमय ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्न नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिएकोमा संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (ग), (च) र (ञ) को अवस्था विद्यमान रहेकाले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

उक्त संस्थाको सञ्चालक समितीको अध्यक्षकोरुपमा किरण चौधरी रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा बुद्धिराम चौधरी रहेका छन् । यही समुहको मिलेमतोका कारण संस्था धरासायी भएपछि उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?