२२ माघ २०७९, आईतवार

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्‍यो : अमेरिका

२०७९,भाद्र,२२,बुधबार १२:३६

117
Shares

काठमाडौं । रसियाले युक्रेनमा महिनौँदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।

पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, ुहामीसँग रुसले उत्तर कोरियासँग गोलाबारुदको अनुरोध गरेको संकेत छ ।ु

रुसले फेव्रुवरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ ।

रुसविरुद्धको हमला सशक्त पार्न युक्रेनले अमेरिका, नेटो र युरोपेली देशबाट हतियार र युद्धका अन्य सामग्री प्रापत गरेको छ । पश्चिमा सहयोगका कारण रुसले नियन्त्रण गरेका कतिपय सहरलाई किभले फिर्ता गर्न सफल भएको छ ।

युद्धमा दुवै पक्षले ठूलो मात्रामा तोपखाना गोलाबारुद प्रयोग गरेका छन् ।

रुस युक्रेन युद्धपछि युरोपमा ग्यास समस्या बढेको छ भने विश्वव्यापी रुपमा खाद्यन्नको मूल्य बढेको छ ।

एजेन्सी

प्रकाशित मिति: २०७९,भाद्र,२२,बुधबार १२:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनी ७९

काठमाडौं । अमेरिकाले एट्लान्टिक सागरको आफ्नो समुन्द्री क्षेत्रमा घुमिरहेको चिनियाँ जासुसी बेलुनलाई खसालिदिएको छ । यसै साताको शुरूमा मोन्टानाको आकाशमा

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

काठमाडौं । श्रीलङ्काले आफ्नो ७५ औँ स्वतन्त्रा दिवसको उपलक्ष्यमा ५८८ जना कैदीबन्दीहरूलाई आममाफी दिने निर्णय गरेको छ । ती कैदी

ताजा समाचार

राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
 २०७९,माघ,२२,आईतवार १५:४७