च्याम्पियन्स लिग : पिएसजीले युभेन्ट्सलाई हरायो, चेल्सी स्तब्ध

लोकपथ
377
Shares

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरे । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ । समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले पराजित गर्यो ।

यता, समूह ‘ई’ मा इंग्लिस क्लब चेल्सी पहिलो खेलमै स्तब्ध भएको छ । चेल्सी क्रोएसिया क्लब डिनामो जाग्रेबसँग १–० ले पराजित भयो ।

जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले १३औँ मिनेटमा निर्णायक गोल गरेका थिए । समूह ई कै खेलमा एसि मिलान साल्जबर्गसंग ११ गोलको बराबरीमा रोकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?