भारतीय सेनाध्यक्षले आज मुक्तिनाथको दर्शन गर्ने

लोकपथ
28
Shares

काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् ।

पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । मुक्तिनाथको दर्शन गरी आजै उनी पोखरा आउने कार्यक्रम रहेको छ ।

त्यहाँ उनले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्नेछन् । भारतीय स्थल सेनाध्यक्ष पाण्डेले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?