सन्दिपविरुद्ध उजुरीसँगै क्यानले बोलायो आकस्मिक बैठक

लोकपथ
416
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आकस्मिक बैठक आवहान गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कार गरेको उजुरी परेसँगै क्यानले आकस्मिक बैठक आवहान गरेको हो ।

बैठक साँझ काठमाडौंमा बस्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लोकपथलाई जानकारी दिए ।

‘क्यानका धेरै एजेण्डाहरु छन् सन्दीपको मात्रै विषय होइन । आरोप लागेको छ । पुष्टि भएको छैन । हामी छलफल गर्छौँ’ उनले भने ।

बैठकले कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?