सन्दिप लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोप

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेको छ । लामिछानेविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले जानकारी दिए ।

लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी परेको हो । सन्दीप उक्त किशोरीसँग सामाजिक सञ्जालमार्फत जोडिएको र भेट्घाटमा प्रलोभनमा पारेर बलात्कार गरेको पडितको भनाइ रहेको छ । सन्दीप क्यारेबियन लिग खेल्न हाल नेपाल बाहिर रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?