काठमाडौं। नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं संघीय सरकारका निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको सर्लाही २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ ।
मंगलवार सर्लाहीको सदरमुकाम मलङ्ग्वामा बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले अध्यक्ष यादवको नाम सिफारिस गरेको हो । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम समेत सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया