काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँट टुंगो लगाएको छ । तर, कुन दललाई कुन निर्वाचन क्षेत्र छोड्ने भन्नेमा अझै सहमति हुन सकेको छैन । मंगलवार बसेको गठबन्धन कार्यदल बैठकमा दलको आआफ्नै अडानका कारण अन्तिम टुंगो नलाग्दै बैठक सकिएको छ ।
धेरै सिटमा एकभन्दा बढी दलको दाबी रहेका कारण मंगलवार पनि सहमति जुट्न नसकेको हो । यसअघि पटकपटकको छलफलबाट पनि कार्यदलमा सहमति नभएपछि कार्यदलको बैठकले शीर्ष नेतृत्वमा जिम्मेवारी अनुसारको प्रतिवेदन बुझाउने तयारी थियो ।
कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थियो । शीर्ष तहमा भएको छलफलमा कांग्रेस ९० मा झर्न सहमत भए पनि माओवादीले आधा कांग्रेसले लिएर आधा अरुलाई छाड्नुपर्ने बतायो भने एकीकृत समाजवादीले कांग्रेसलाई ७० सिटमा मात्र लड्न आग्रह गरेको थियो ।
मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बसेको बैठकले भोली फेरि बैठक बसेर प्रतिवेदन तयार गरी शीर्ष नेतालाई बुझाउने सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर काकीले जानकारी दिए । उनका अनुसार कार्यदल शीर्ष नेतृत्वले सुम्पिएको जिम्मेवारीअनुसार प्रतिवेदन लिपिबद्ध गर्न बाँकी रहेको छ ।
अब सम्बन्धित दलहरुबीचमा पनि कहाँ छोड्ने र कहाँ लिने भनेर छलफल हुन्छ । आफ्नो दलभित्र पनि आन्तरिक छलफल हुन्छ ।’ भोलि (बुधबार) साँझ ५ बजे फेरि कार्यदलको बैठक बसेर सहमति जुटेका विषयमा प्रतिवेदन तयार पार्ने सहमति भएको छ र पर्सि बिहीबार ९ बजेका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया