लोकपथ टप फिप्टिन : यस्ता छन् दिनभरका खबरहरु (भिडियोसहित)

लोकपथ
0
Shares

१. संघीय संसदका दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पेश, राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गरे विधेयकले कानुनी मान्यता पाउने ।

२. आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सत्ता गठबन्धनभित्र अझै लागेन टुंगो, कार्यदलमा सहमति गरेर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी ।

३. प्रतिनिधि सभामा संसदको कार्यकाल थप्ने गरी सरकारले ल्याएको संशोधन प्रस्ताव फिर्ता, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ बहुमतले पारित ।

४. आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन नेकपा एमालेको आग्रह, उम्मेदवारको नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फारम र मतदाता नामावलीको विवरण पनि उल्लेख गर्न निर्देशन ।

५. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्च अदालतद्वारा खारेज, रिट खारेजीसँगै अब राप्रपा नेपालले गाई चुनाव चिन्ह नपाउने ।

६. काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्यो साफबोन वाटर सर्भिसेजसँगको ठेक्का रद्ध, पटक–पटक म्याद थप्दा पनि समयमा काम नसकेपछि ठेक्का सम्झौता अन्त्य गरेको घोषणा ।

७. मकवानपुरपछि चितवनमा पनि जापनिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो, बागमती प्रदेशमा मात्रै १८ जना संक्रमित भेटिए ।

८. अनधिकृत संरचनापछि असन इन्द्र चोकका फुटपाथमा काठमाडौं महानगरपालिकाको नजर, असन इन्द्रचोक क्षेत्रको फुटपाथमा राखिएका पसलहरु भोलि बुधबार बिहानसम्म हटाउन निर्देशन ।

९. हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने तनहुँको म्याग्दे गाउँपालिकाको घोषणा, दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटर १० रुपैयाँ अनुदान दिइने ।

१०. पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि, १२४ जना सक्रमणुक्त हुँदा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ पुग्यो ।

११. साताको तेस्रो कारोबार दिन पनि सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से परिसूचक २१ दशमलव १६ अंकले घट्दा एक अर्ब १९ करोड बराबरको कारोबार ।

१२. चीनमा गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु, १६ जना बेपत्ता, ५० जना घाइते, प्रभावित क्षेत्रका

१० हजार घरमा दूरसञ्चार सेवा अवरूद्ध ।

१३. दक्षिण कोरियामा मंगलबार आएको शक्तिशाली आँधी हिन्नामनोरका कारण हजारौं मानिस प्रभावित, आँधी ४३ मिटर प्रतिसेकेण्डको वेगमा अघि बढेको अधिकारीहरुको भनाई ।

१४. युएईमा जारी टी–२० एसिया कपको सुपर फोरमा भारतले आज श्रीलंकाको सामना गर्दै, फाइनलमा स्थान बनाउन भारतलाई जित्नै पर्ने दबाब ।

१५. यस सिजनको च्याम्पियन्स लिग अन्तर्गतको पहिलो खेलमा आज चेल्सी र दिनामो जाग्रेब भिड्दै, निकै बलियो टिम चेल्सीविरुद्ध जित निकाल्ने दाउमा जाग्रेब ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?