काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ । नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका हुन् ।
बाल यौन दुरुपयोगको मुद्दामा भने, साढे २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना फैसला गरिएको छ । जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो ।
बलात्कार आरोपबाट सफाइ पाए पनि पलले बाल यौन दुरूपयोगमा कैद सजाय तोकिएको छ । त्यस्तै, पीडित नाबालिकालाई १० लाख क्षतिपूर्ति दिन भनिएको छ । जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ ।
जिल्ला अदालत नवलपुरमा मंगलबार पीडित नाबालिगका तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए भने पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका थिए । गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो ।
पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग नायिकाले उजुरी दिएकी थिइन् । तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए । प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया