सिटिजन्स बैंकको कार्डबाहकहरूलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजमा छुट

लोकपथ
0
Shares

काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याबबीच छुट सम्झौता सम्पन्न भएको छ । सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने गरि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर भए लगत्तै सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।

साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रकोसमेत स्थापना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?