काठमाडौं । एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गणतन्त्रलाई कमजोर बनाउनेहरुलाई आगामी निर्वाचनमा हरानुपर्ने बताएका छन् ।
मंगलबार अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पराजुलले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले लामो संघर्षबाट ल्याएको गणतन्त्र कमजोर बनाउने काम भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई हराउनुपर्नेमा जोड दिएका हुन् ।
‘गणतन्त्रलाई कमजोर बनाउनेहरुलाई मंंसिर ४ को निर्वाचनमा पराजित गर्नुपर्छ ।’ उनले भने ।
त्यसैगरी पछिल्लो समय निजी शैक्षिक संस्था भन्दा सरकारी शैक्षिक संस्था कमजोर भइरहेकोप्रति आपत्ति जनाउँदै त्यसलाई रोक्न पहल गनुृपर्ने बताए ।
‘सरकारी शैक्षिक संस्था दिनानुदिन कमजोर हुने माफियाले लगानी गरेको संस्था दिनानुदिन मालामाल हुने कुरालाई रोक्नुपर्छ ।’ उनले भने ।
देशमा शैक्षिक बेरोजारी र वैदेशिक पलायनको समस्यालाई समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया