इलाममा मोटरसाइकल चालकको मृत्यु

लोकपथ
0
Shares

इलाम । इलामको रोङ गाउँपालिका–४ भालुझोडामा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार अपराहन्न करिब ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन। मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?