प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच सिंहदरबारमा भेटवार्ता

लोकपथ
49
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवासँग पाँचदिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मंगलबार भेटवार्ता भएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहेका जनरल पाण्डेले मंगलवार बिहान माउण्टेन फ्लाइट गरेका थिए । तत्पश्चात उनले, शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरेको सेनाले जनाएको छ ।

भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए । साथै, जनरल पाण्डे बुधवार मुक्तिनाथ जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?