कुमारी क्यापिटलले मनायो चौंथो वार्षिक साधारण सभा

लोकपथ
0
Shares

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चाैंथाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले यही भदौ २० गते सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

उक्त सभामा कम्पनिको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसूचिहरु पारीत भएको कम्पनीले जानकारी दिएको छ । सभाले कम्पनिको हाल कायम चुक्ता पूँजी ४० करोड रुपैंयाँ मध्येबाट पाँच प्रतिशतले हुन आउने दुई करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

सभाका अध्यक्षले कम्पनीले आगामी दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहुच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पूँजी बजारको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास दिलाउँदै शेयरधनी कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण शुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनहरुमा अझ बढि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?