काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता कोईरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गरेकी छिन्।
मंगलवार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोईरालाले यस्तो माग गरेकी हुन् । उनले चीनसँगका दुई वटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताइन् । उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद कोईरालाले नाका बन्द हुँदा व्यापारी पीडित भएको र उनीहरू आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेकाले सो विषयमा कुटनीति पहल गर्न आग्रहसमेत गरिन् । सांसद कोईरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोवल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गरिन् ।
उनले चिनियाँ राजदुतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको बताइन् ।
सांसद कोईरालाले नेपालको कुनैपनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय मौन बस्न नहुने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया