१७ मङ्सिर २०७९, शनिवार

अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को समय सुरु होस् : गगन थापा

२०७९,भाद्र,२१,मंगलवार १५:०३

162
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निर्णय लिनुपर्ने उल्लेख गरे ।

‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौँ । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो । तर हामीले गरेनौँ । हामी यसमा चुक्यौँ,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ रु यसबारे पनि सबै एक ठाउँमा आउनुपर्छ ।’

सांसद थापाले एक दुई महिनाका लागि सेवासुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझाइ रहेको भन्दै संसदको प्रतिष्ठाका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस् भनी आफूले संशोधन हालेको जानकारी दिए ।

प्रकाशित मिति: २०७९,भाद्र,२१,मंगलवार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने

ताजा समाचार

थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८
उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२