कांग्रेसले ८० सिटमा चित्त बुझाउने पक्कापक्की भएको छ : प्रचण्ड

लोकपथ
70
Shares
sf7df8f}, @% dlª;/ M g]skf dfcf]jfbL s]G›sf cWoIf Pjd k”j{ k|d k’iksdn bfxfn k|r08 zlgaf/ g]skf dfcf]jfbL s]G›sf] gf} j6f k|b]zsf] clwj]zgsf] ;+o’Qm ¿kdf sf7df8fF}af6 pb3f6g kl5 dGtJo JoQm ub{} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सिट बाँटफाँट टुंगो लाग्ने बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले एकदुई दिनभित्र शीर्ष तहका नेताहरु बसेर सिट टुंगो लगाउने तयारी भइरहेको बताए ।

उनले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पाएको कार्यदललाई आज बेलुकीसम्मको समय दिइएको पनि बताए । मंगलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभामा नेपाली कांग्रेसले ८० सिटमा चित्त बुझाउने पक्कापक्की भएको बताए । उनले नेकपा माओवादी ६०, एकीकृत समाजवादी २५, जनता समाजवादी पार्टी ले २५ सिटको आसपासमा सिट पाउने गरी गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउने बताए ।

उनले भने, ‘नेपाली काँग्रेसले पहिला १०० भनेको थियो, अहिले ८० आसपासमा मिल्ने लगभग छ, माओवादीले ६० भनेको त्यही आसपासमा हुन्छ, त्यस्तै समाजवादीले २५, जनता समाजवादीले पनि २५ को वरिपरि दाबी छ । यसैलाई आधार बनाएर क्षेत्र र प्रदेशसम्म टुंग्याउने छलफल भइरहेको छ । सुझाव दिने र नमिलेको सिट शीर्ष तहमा बसेर टुंग्याउनेमा लागिएको छ ।’

सत्ता गठबन्धनमा आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डामा साझा सहमति हुन सकेको छैन । दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी कार्यदलमा सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने तयारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आजपनि कार्यदल बैठक बस्न लागेको हो ।

सोही क्रममा अध्यक्ष ‘प्रचण्ड’ ले भने, ‘हाम्रो निर्वाचन प्रणाली र हाम्रो शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकताको अनुकुल छैन । सामान्य जनताले निर्वाचन लड्नसक्ने निर्वाचन प्रणाली हुने छैन । यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाउने कारण त्यसैभित्र लुकेको छ ।’

त्यसैले निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गर्नुपर्छ । यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान दिँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने मात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिन्छ । यो प्रमाणित भइसकेको छ । यो निर्वाचन प्रणाली र शासकीय प्रणाली जनता र राष्ट्रको हीतमा छैन भन्ने सबैलाई लाग्न थालिसकेको छ ।’

फरक प्रसंगमा अध्यक्ष दाहालले निर्वाचन प्रणाली र हाम्रो शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकताको अनुकुल नरहेको दाबी गरे । उनले यही प्रणालीबाट सांसद हुने र बहुमतले प्रधानमन्त्री हुने प्रणालीको कारणले भ्रष्टाचार धेरै मौलाएको उल्लेख गर्दै निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार हुन आवश्यक रहेको बताए ।

उनले यो निर्वाचन प्रणालीले देशलाई धेरै अघि जान नदिने ठोकुवा गरे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनसकेमात्रै भ्रष्टाचारलाई रोकेर स्थायित्व र विकासलाई गति दिन सकिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?