बाल स्याहारमा पुरुषको भूमिका बढाउन बालसपना परियोजना लागू

लोकपथ
117
Shares

जुम्ला । बालसपना परियोजनाले बालबालिकाप्रति पुरुषलाई पनि महिला जतिकै जिम्मेवार बनाउन थालेको छ । सेडाले जुम्लाका २१ वटा वडामा सञ्चालन गरेका विभिन्न अवलोकन, अनुगमन र सफलताका कथाहरूले पनि पुरुषहरूले घरपरिवारमा जिम्मेवारीहरू बाँडिरहेको देखिएको हो । जसले गर्दा आमाको कामको बोझ कम गराएको पाइएको छ।

प्रारम्भिक बालविकासको महत्त्व तथा उचित स्याहारमा पुरुषको भूमिकावारे अभिमुखीकरण गराइएको छ । अभिभावकहरूले आफ्ना छोराछोरीसँग समय बिताउन थालेका छन् । उनीहरूले खेलका सामग्रीहरू पनि विकास गरेको पाइएको छ।

सेडा नेपाल जुम्लाले बालबालिका नै अभिभावको सपनाको स्कुल भएको जनाएको छ । बालबालिकाका लागि अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचिअनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने अभिभावको सपनाको स्कुल बन्ने उसको भनाइ छ ।

जिल्लास्तरीय परियोजनासम्बन्धी समीक्षा बैठकमा प्रारम्भिक बालविकास निर्देशक समितिको गठन गरिएको सेडा नेपालका संयोजक प्रेमसिहं ठकुरीले बताए । बालबालिकालाई खेल्नका लागि स्थानीय खेलाउन बनाउने तरिका विभिन्न महिला र पुरुष समूहमार्फत सिकाइएको छ ।

सेडा नेपालकी फिल्ड संयोजक मञ्जु थापाले पालिकास्तरीय समीक्षा तथा कार्ययोजना बैठक गर्दै आएको बताइन् ।उनले महिला स्वास्थ्य स्वयंसेविकामार्फत विभिन्न काम भइरहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?