संसदको आयु लम्ब्याउनेतर्फ जान हुँदैन : अध्यक्ष दाहाल

लोकपथ
21
Shares
sf7df8f}, @% dlª;/ M g]skf dfcf]jfbL s]G›sf cWoIf Pjd k”j{ k|d k’iksdn bfxfn k|r08 zlgaf/ g]skf dfcf]jfbL s]G›sf] gf} j6f k|b]zsf] clwj]zgsf] ;+o’Qm ¿kdf sf7df8fF}af6 pb3f6g kl5 dGtJo JoQm ub{} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको आयु लम्ब्याउनेतर्फ जान नहुने बताएका छन् ।

मंगलवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताए । अध्यक्ष दाहालले संसदको आयु लम्ब्याउने कुरा आजै संसदबाट फिर्ता हुने बताए । उनले प्रमुख सचेतकहरुले केही प्राविधिक समस्याका काकरण यस्तो सोचेको भएपनि संसदको आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको स्पष्ट पारे ।

उनले मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद नरहने बताए । उनले भने, ‘संशोधन गइरहेको छ, आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्ने हामी गठबन्धनले छलफल गरिसकेको छ । मंसिर ४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद रहँदैन ।

त्यसमा दुविधा छैन, बीचमा केही टेक्निकल कारणले समय लम्ब्याउने की भन्ने संसदभित्र प्रमुख सचेतकहरुले त्यो सोच्नुभएको रहेछ । सायद आज नै केही समय थप्ने की भन्नेकुरा फिर्ता हुन्छ ।’
अध्यक्ष दाहालले विगत ५ वर्षमा सरकारले जनताको आशाअनुरुपको काम गर्न नसकेको स्वीकार गरे ।

उनले वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले जनताका सपना पूरा गर्न नपाएको बताए । उनले देशमा राजनीतिक स्थिरताको आवश्यकता रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले जनताका सपना पूरा गर्ने प्रतिवद्धता जनाए ।

गतवर्ष संविधान मिचिने हो कि भन्ने संशय पैदा भएको भन्दै आगामी निर्वाचन सकिएसँगै संविधान मिच्ने खतरा नेपालबाट टरेर जाने दाबी गरे ।

उनले भने, ‘५ वर्षमा जति काम हुनुपर्दथ्यो, त्यो नभएकै हो । जनतामा जे जति राहत दिनुपर्ने हो, त्यो नभएको नै हो । हामीले निकै ठूलो सपना देखेका थियौँ । वामपन्थी गठबन्धन गरेपछि, पार्टी कम्युनिष्टहरुको एकता गरेपछि देशमा राजनीतिक स्थिरता होला, शिक्षा, स्वास्थ्य, राजनीतिमा धेरै विकास गर्न सकिएला भनेर मैले नै पहल गरेर वाम एकता गरेको हो ।

तर, हामीले नै प्रस्तावित गरेको प्रधानमन्त्रीबाट हामीले घोषणापत्रमा भनेको जस्तै सबै उल्लंघन गरेर जाँदा बाध्य भएर संघर्षमा उत्रियौँ । राजनीतिक स्थिरताको देशमा आवश्यकता छ । हाम्रो जोड यो निर्वाचनपछि बन्ने सरकारले त्यो काम गर्ने वातावरण बनोस् भन्ने चाहना छ ।

अहिले सफलतापूर्वक निर्वाचन सम्पन्न हुन जनताको विजय हो । गतसाल देखापरेको संविधान मिचिने खतरा यो निर्वाचन समापन भएपछि नेपालबाट करिव टरेर जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?