तीनै तहको सरकार,मानव बेचबिखन विरुद्धको सरोकार

लोकपथ
42
Shares

कपिलबस्तु । कपिलबस्तुमा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १६औँ दिवस मनाइएको छ । “तीनै तहको सरकार,मानव बेच बिखन विरुद्धको सरोकार” भन्ने मूल नाराका साथ कपिलबस्तुको मर्यादपुर सिमा नाकामा शान्ति पुनस्थपना गृह मर्यादपुरको अगुवाईमा रैली निकाली दिवस मनाईएको हो ।

सो कार्यक्रममा सस्शत्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादपुर कपिलबस्तुको सन्तोष अधिकारी, जनपद प्रहरी चौकी मर्यादपुरका ईन्चार्ज डि आर भण्डारी , यशोधरा गाँउपालिकाका प्रतिनिधि र स्थानिय तथा भारतीय सीमा सुरक्षा बल भारत सिद्धार्थनगर खुनुवा बटालियन कम्पनीका बोर्डर आउट पोष्टका प्रहरी नायव निरीक्षक मिटटी लाल सिन्हाको उपस्थितीमा रैली समपन्न भएको थियो ।

आर्थिक बर्ष २०७८/०७९ मा मर्यादपुर नाकाबाट मात्र भारतबाट २९ जना युवतीलाई उद्धार गरिएको छ भने १ हजार ६ सय १८ जनालाई परामर्श दिएको शान्ति पुनस्थपना गृह मर्यादपुरले बताएको छ । नेपालबाट बिभिन्न नाका हुदैँ अर्घाखाची, रोल्पा, दाङ्ग, प्युठानलगायतका जिल्लाबाट भारतमा जाने गरेको खुलेको छ । कामको सिलसिलामा भारतको लोधियाना,दिल्ली, पन्जाब जस्ता ठुला शहरमा विभिन्न कामको प्रलोभनमा परी जाने गरेका छन । भारतमा जाने धेरै जसो १८ बर्ष देखी २५ बर्ष सम्मका युवती रहको अयोजकले बताएको छ ।

मनवको इच्छाविपरीत धम्कीको प्रयोग गरि जबर्जस्ती तथा धोकाद्वारा घरेलु काम,डान्स बार, र कोठीमा बेश्यावृतिको लागि लैजाने गरेको पनि अयोजकले जनाएको छ । मानव बेचबिखन एउटा जघन्य अपराध हो । यसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत गलत कार्य श्रम, यौन जस्ता कार्यमा जवर्जस्ती संलग्न गराईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?