रुसी हमला बिफल पार्न ट्रसले सहयोग गर्नेमा विश्वस्त छु : जेलेन्स्की

लोकपथ
169
Shares
FOTO DE ARCHIVO: Presidente de Ucrania Volodimir Zelenski habla durante una conferencia de prensa en Kiev, Ucrania, 12 de marzo del 2022. Servicio Presidencial de Ucrania /Handout via REUTERS

काठमाडौं । बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले युक्रेनमाथिको जारी रुसी हमलालाई विफल पार्न किभलाई सहयोग गर्ने विश्वास गरेका छन् ।

हप्तौसम्म विभिन्न चरणको निर्वाचनपछि ट्रस सोमबार कन्जर्भेटिभ नेतृमा विजयी भएकी थिइन् । उनी आज बेलायतको प्रधानमन्त्री हुँदैछिन् ।

जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा आफू ट्रससँग सहयोगको सुरुवातको लागि तत्पर रहेको बताए । ‘ हामी सँगसँगै हाम्रा नागरिकको रक्षा गर्न र सबै रुसी विनाशकारी प्रयासलाई विफल पार्न सक्षम हुनेछौँ’, जेलेन्स्कीले भने।

‘युक्रेनमा हामी उहाँलाई राम्ररी चिन्छौँ । उनी सधैँ युरोपेली राजनीतिको उज्यालो पक्षमा छिन’, राष्ट्रपति जेलेन्स्कीले भने, ‘मुख्य कुरा भनेको हाम्रो एकता जोगाउनु हो ।’ २४ फेब्रुवरीमा रुसी हमलापछि बेलायत युक्रेनप्रति समर्थन जनाउँदै रुसको आलोचना गर्दै आएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?