पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

लोकपथ
117
Shares

पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो आज बिहान सवा ४ बजे खसेको थियो ।

पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।

पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?