कांग्रेस महोत्तरीले गर्‍याे ८३ जनाको नाम सिफारिस

लोकपथ
63
Shares

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरेका नामावली सोमवार नै प्रदेशमा पठाएको कांग्रेस महोत्तरीले जनाएको छ ।

सिफारिसमा पर्नेहरुमा क्षेत्र न.१ प्रतिनिधिसभाको लागि कल्याण गुरुङ, सिताराम भण्डारी, मुकेशराज काफ्ले र विनोद धामी छन् भने समानुपातिकतर्फ जितेन्द्र महतो, गोरकुल कुशाहा, विष्णुदेव यादव र प्रतिमा कोइराला छन् ।

प्रदेशको प्रत्यक्षतर्फ (क) मा चिरञ्जीवी हमाल, महेश झा, सुरेश यादव र विनोद बराल सिफारिस भएका छन् भने (ख) मा रेखा यादव, ओमनारायण माहासेठ, महेश सिंह र गोरकुल सिंह छन् । गोरकुल कुशाहाको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ र प्रदेशको प्रत्यक्षतर्फ पनि सिफारिस भएको छ ।

त्यसैगरी, प्रदेश सभा (ख) मा समानुपातिकतर्फ उपेन्द्र ठाकुर, राधेश्याम भगत, उषा देवकोटा, मन्दिप भारती र (क) को समानुपातिकतर्फ शिवनारायण यादव, रुपनारायण सिंह, राजकुमार साह र सरिता परियारको नाम सिफारिस भएको कांग्रेस महोत्तरीले जनाएको छ ।

सोमवार बसेको जिल्ला कार्यसमितिको बैठकले बाँकी रहेका सबै क्षेत्रको सिफारिस टुंग्याएको छ । निर्णयअनुसार क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ किरण यादवको एकल नाम सिफारिस भएको छ भने, समानुपातिक तर्फ सरोजकुमार यादव, ओमसंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्रकुमार झा, सिकलि यादव गरी ७ जनाको नाम सिफारिस भएको छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फ (क) मा नागेस्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिक तर्फ रामछबिला यादव, बिनोद यादव, चण्डेश्वर मन्डल, भरत मण्डल छन् । त्यसैगरी (ख) मा प्रत्यक्षतर्फ मन्जुकुमारी यादव, लक्ष्मणप्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिक तर्फ नागेन्द्र सर्मा, रामकृपाल यादव, उमेश पासवान, श्यामादेवी पासवान सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको समानुपातिकतर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस भएको छ भने प्रत्यक्षतर्फ बजरङ्ग नेपाली, बैजनाथ मन्डल, रामतेज मिश्र गरी ३ जनाको नाम सिफारिस भएको छ । त्यस्तै, प्रदेशसभाको (क) मा प्रत्यक्षतर्फ रागबेन्द्र झा, डा.गरिवदास ठाकुर, बिनय यादव छन् भने समानुपातिकतर्फ नरेन्द्र झा र अनिता सर्मा छन् ।

(ख) मा बिर्जु महतो, अशोक साह, दिलिप पाण्डे प्रत्यक्षतर्फ र बलराम सर्मा, घरुव मिश्र, नागेन्द्र यादव, निनु कर्णलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ४ मा भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेन्द्र रायको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पनि महेन्द्रकुमार राय नै र संगीता मण्डलको नाम सिफरिस गरिएको कांग्रेस महोत्तरीले जानकारी दियो ।

प्रदेशसभाको (क) मा प्रत्यक्षतर्फ नरेन्द्र यादव, श्याम यादव, (ख) तर्फ दिपान्शु सिंह, राजाराम यादव र प्रेमचन्द्र यादव गरि ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ बिन्देस्वर यादव, डा.अशोक यादव (क) मा र (ख) तर्फ ललनकुमार सिंह र लिलाकुमारी यादवको नाम सिफारिस भएको छ ।

जिल्लाले सिफारिस गरेर पठाएका नामहरुमाथी प्रदेशले छिट्टै टुंग्याएर केन्द्रमा पठाउने प्रक्रिया रहेको कांग्रेस जिल्ला सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?