गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटको प्रतिवेदन बुझाउने तयारी

लोकपथ
234
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा पनि आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । सोमवार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटको टुंगो लाग्न सकेन ।

सोमवारको बैठकमा आगामी प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँटको सहमति जुट्न नसकेपछि आज बैठक पुनः बस्न लागेको हो । कार्यदलको आजको बैठकले सिट बाँडफाँटको अन्तिम प्रतिवेदन दलका शीर्षस्थ नेताहरुलाई बुझाउने गरी बैठक बस्ने तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?