काठमाडौं । संघीय संसद अन्तर्गत आज दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजे बस्नेछ भने, राष्ट्रिय सभाको बैठक १२ः५९ बजे सुरु हुनेछ ।
प्रतिनिधि सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले केही नेपाल ऐन संशोधन विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने, विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्नेछन् ।
बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभाबाट प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित कारागार विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा कारागार विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया