दशैं लक्षित सहुलियत पसल सञ्चालनका लागि १४ वटा संस्थालाई स्वीकृति

काठमाडौं । महान चाड दशैं, तिहार र छठ पर्वको लागि उपत्यकामा सहुलियत तथा सुपथ मूल्यको पसलहरु सञ्चालन गर्न १४ वटा संस्था तथा कम्पनीहरुले स्वीकृति लिएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार असोज महिनाको दोस्रो हप्तादेखि कात्तिक २७ गतेसम्म सुपथ मूल्यको पसल सञ्चालन गर्न १५ वटा संस्था तथा कम्पनीले आवेदन दिएपनि १४ वटालाई स्वीकृति गरिएको हो । 

सुपथ तथा सहुलियत मूल्यमा पसल सञ्चालन गर्नेहरुमा राजभण्डारी खाद्य तथा किराना स्टोर, हिमगिरी स्टोर, किशानमार्ट क्षेत्रपाटी, हिमाली प्रोडक्सन, कृष्ण स्टोर, एसियान थाइ फुड, रुची पसला सप्लायर्स टोखा, ग्रामीण उपभोक्ता सहकारी भक्तपुर छन् । 

त्यस्तै, सर्वशुलभ किराना पसल भक्तपुर, संकटा स्टोर न्यूरोड, मेघामार्ट नयाँबजार, भाटभटेनी सुपरमार्केटमा सबै स्वरुमहरु र विनको अपार्टमेण्ट रहेका छन् ।  

यी पसलहरुले वडादशैं, तिहार र छठका लागि उपभोक्ताहरुलाई चामल, दाल, नुन, तेल, घ्यू, चिनी लगायतका आधारभूत खाद्य पदार्थहरु बजार मूल्यको तुलनामा सस्तोमा बिक्री गर्ने छन् । 

विभागका अधिकृत जगदीश दाहालका अनुसार ती संस्था तथा पसलहरुले सरकारले नै तोकी दिएको दर रेटमा दैनिक उपभोग्य सामग्री बिक्री गर्नुपर्ने छ । 

यसैबीच, साल्ट टे«डिङ कर्पोरेसनले नुन र चिनी लगायत अन्य सामाग्रीहरु सहित काठमाडौं उपत्यकामा नौ वटा स्टल, तीन वटा घुम्ती पसल र काठमाडौं वाहिर २४ स्थानमा गरी मुलुकभर ३६ स्थानहरुमा सहुलियत दरको पसलहरु सञ्चालन गरेको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?