काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलित समुदायमाथि चर्को विभेद भइरहेको बताए । उनले दलित समुदायमाथि विभेदपूर्ण व्यवहार गरिनु गलत रहेको बताए । उनले दलित समुदायमाथि हुने विभेद र अपमानपूर्ण व्यवहारको अन्त्य गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले दलित समुदायमाथि विभेद गर्नु नहुने भनि संविधान र कानूनमा लेखिएको भएपनि व्यवहारमा साकार हुन नसकेको बताए । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाको नाममा महिलाहरुलाई अपमानपूर्ण व्यवहार भइरहेको भन्दै उनले महिलाहरुलाई पनि हिंसाबाट मुक्त गराउनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो समाजमा निश्चितरुपमा ३ वटा विभेद सबैभन्दा चर्को छ । एउटा दलितमाथि । मानिसले मानिससँग गरिने जुन अत्यन्तै गलत व्यवहार हो । विभेदपूर्ण व्यवहार हो । त्यसको सिकार भनेको हाम्रो समाजमा दलित समुदाय रहेको छ । यसलाई अन्त्य गर्ने अठोट हामीले गर्नैपर्छ । हाम्रो संविधानमा लेखिएको छ । कानूनमा लेखिएको छ । हाम्रो पार्टीको सिद्धान्तमा लेखिएको छ । तर त्यो व्यवहारमा हामीले कसरी साकार पार्ने हो ? त्यो गहन जिम्मेवारी हाम्रो काँधमा छ ।’
उनले विभेद अन्त्य गर्न चिन्तनको आवश्यकता रहेको औंल्याए । तपाई हामी हातेमालो गर्दै यो सबै विभेदहरुको, अपमानपूर्ण व्यवहारहरु अन्त्य गर्नैपर्छ । उनले भने, ‘महिलालाई पनि असमानता र विभेद, महिला हिंसाको घटनाबाट पीडित हुनुपर्ने अवस्थाबाट मुक्त गर्नैपर्छ । त्यसैगरी गरिबी र अभावबाट पिल्सिएका समुदायलाई, अल्पसंख्यक समुदायलाई, लोपोउन्मुख जातिहरुलाई कसरी संरक्षण गर्ने यो सबै विषयमा हाम्रो ध्यान जानैपर्छ ।’
उनले अल्पसंख्यक समुदाय, लोपोन्मुख जातिहरुको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जनता समाजवादी पार्टीका नेता रणबहादुर रम्तेलसहितका दर्जनौँ नेता, कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया