काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन् ।
सोमवार बसेको क्षेत्रीय कमिटीको बैठकले सर्वसम्मतिले उनको नाम सिफारिस गरेको हो ।
२०७४ सालको निर्वाचनमा ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
बैठकले २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित सांसद एकवाल मियाँ, सिताराम गुप्ता, शिवजी साहको नाम समेत प्रत्यक्षबाट उम्मेदवारका लागि सिफारिस गरेको लोसपा नेता रमेश सराफले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभामा प्रत्यक्षतर्फ बारा ४ को (क) बाट घनश्याम गिरी र (ख) बाट लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलको नाम सिफारिस गरिएको छ ।
मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री सोनल हाल प्रमुख प्रतिपक्षी दलका नेता समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया