सुनको मूल्यमा वृद्धि

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन ५८ हजार १ सयमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?