‘नियमित व्यायायम र व्यस्तताले बुढ्यौलीबाट जोगाउँछ’

लोकपथ
143
Shares

काठमाडौं । स्वास्थ्य धन हो । यो हाम्रो लागि उपहार पनि हो । आजको द्रुत युगमा व्यक्तिहरूले आफूलाई फिट राख्न र नियमित रूपमा व्यायाम गर्न धेरै महत्वपूर्ण छ । हामी धेरै खाली बस्छौँ, जुन रोगको मुख्य कारकमध्ये एक हो । नियमित हिँडाइले तपाइँलाई फिट मात्र गराउँदैन आत्मविश्वास र तनावरहित बनाउछ ।

१० मिनेट फटाफट हिड्ने व्यक्तिको थप आयु बढ्ने एक शोधकर्ताले बताएका छन् । चाइनिज युनिभर्सिटी अफ हङकङका सोध प्राध्यापक जिन वुका अनुसार आयु बढ्दै जाँदा निर्भरता र कम्जोरी बढ्ने गर्छ । उनका अनुसार अस्वस्थ जीवनशैलीको कारण मानिसहरूको चाँडो मृत्यु हुनुका साथै शरिरमा धेरै रोग निम्तिने गर्छ । सामाजिक रूपमा व्यस्त हुन र हिड्न उनी सुझाव दिन्छिन् ।

उनी भन्छिन्, ‘जीवनशैलीमा परिवर्तनमार्फत आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई सुरक्षित गर्नुहोस् । बुढ्यौलीमा निर्भरता र कमजोरीको बढ्दो प्रवृत्तिलाई हटाउन नयाँ कुराहरू सिक्नुहोस् । कुल आयुमा वृद्धिसँगै निर्भरता र कमजोरी बढ्दै गएको छ ।’

निस्कृय र एकै ठाउँमा बस्ने जीवन शैली मृत्युका १० कारणमध्ये एक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?