चीनमा बन्यो विश्वकै सर्वाधिक ट्विस्टेड टावर

लोकपथ
104
Shares

काठमाडौं । पश्चिम चीनको मेगासिटी चोङकिङमा विश्वको सबैभन्दा धेरै घुमाउरो भवन ‘ट्विस्टेड टावर’को अनावरण गरिएको छ । डान्स अफ लाइट नाम दिइएको १८० मिटर अग्लो गगनचुम्बी भवनलाई वास्तुकला फर्म एडासले डिजाइन गरेको हो । यो अनौठो भवनको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

डिजाइन म्यागजिन डेजीनको रिपोटअनुसार चोङकिङको जियाङ्बेई जिल्लाको जिङफु प्लाजामा अवस्थित टावरमा दुईवटा दोहोरो घुमाउरा भाग छन्, जसले संरचना घुमिरहेको छ भन्ने महसुस गराउँछ ।

‘डान्स अफ लाइट’ समेत भनिने उक्त गगनचुम्बी भवनका केही तस्बिर सन्तनु भट्टाचार्य नामको अकाउन्टबाट प्रयोगकर्ताले ट्विटरमा सेयर गरेका छन् । ‘विश्वको सबैभन्दा घुमाउरो र सुन्दर टावररूमध्ये एक आज चीनको चोङकिङमा खोलिएको छ’, उनले ट्वीट गरेका छन् । उक्त टावर ५९० फिट अग्लो छ । टावरमा ३९ तला छन् । भवन एउटा घुमाउरो आकारको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?