काठमाडौं । ट्राफिक प्रहरीले स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत सोमवार मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदै गरेका एकजना विद्यार्थीसहित ५१ जना कलेजका विद्यार्थीलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने १ जना गरि ५१ जना विद्यार्थी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
प्रवक्ता भट्टकाअनुसार नयाँबानेश्वको चेल्सी ईन्टरनेशनल एकेडेमीमा प्लस टु पढ्दै गरेका २१ वर्षीय एक विद्यार्थीलाई चेकिङ्गका क्रममा मदिरा पिएर बाग्मती प्रदेश ०२–०२३प ७३८६ नम्बरको मोटरसाइकल चलाएको पाइएपछि ट्राफिक प्रहरीले काठमाडौंको दरवारमार्गबाट कारबाही गरेको हो ।
साउन ३० गतेबाट सुरू भएको स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म १ हजार ८२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया